Notification settings The new notifications

    अबैध क्रियाकलापको बारे हाल विभिन्न भिषामा बढ्दो नेपालीहरुको आगमन संगै जापानमा अबैध क्रियाकलाप पनि बढ्दो छ ।

    Useful Info.sheezen Published the article • 0 comments • 23540 views • 2017-06-14 17:02 • 来自相关话题

    अबैध क्रियाकलापको बारे हाल विभिन्न भिषामा बढ्दो नेपालीहरुको आगमन संगै जापानमा अबैध क्रियाकलाप पनि बढ्दो छ । 
    यसै क्रममा अहिले टोक्यो क्षेत्र वरिपरि विभिन्न किसिमले अबैध रुपमा काम गरिरहनुभएकाहरुलाई निक्कैनै कडाईका साथ चेकिङ्ग भइरहेको जानकारी पनि गराउन चाहन्छौ ।

    भिषा एक, काम अर्कै, हुनेलाई त सिधै,बिना कुनै प्रश्न डिपोर्ट नै गरि नेपाल पुर्याइएको कुरा पनि जानकारी गराउदछौ । एक सूचना माध्यमका अनुसार हामीले दुरुस्तै साभार गरेका छौ,जुन यस प्रकार रहेको छ ।
     
     "आज मेरो र उसको संगै शिफ्ट परेको थियो, साथी किन काममा आएन भनेर जापानिज तेनच्योले सोध,भनेर सोध्दा भाईबरमा सम्पर्क गर्रे, सिधै नेपालबाट पो बोल्छ !!! ओइ किनतनी अचानक नेपाल,बिहेको लागि हो? भनेर जिस्केर भन्दा रुन्चे आवाजमा मेरो त यस्तै भयो साथी,काम सक्काएर ड्रेस फेरेर रेस्टुरेन्ट बाहिर मात्र के निस्केको थिए झ्याप्पै पुलिसले अगाडी आयो,सोधपुछ गर्दा अबैध देखियो र सिधै समातेर तैले अबैध काम गरिस भनेर समातेर लग्यो,कोहि कसैलाई पनि सम्पर्कनै गर्न नपाई डिपोट गरिदियो यार " भने ।

    त्यसैले हामीले यो पेज मार्फत जति पनि हाम्रो पेजको युजर र पेजलाई  माया गरिदिनुहुने सम्पूर्ण महानुभाबहरुलाई  हृदय देखिने यो बिन्ति गर्छौ कि आफ़्नो भिषाको प्रकार के छ,र के सम्म मात्र गर्न मिल्छ भनेर राम्रो संग सोच्नु र बुझ्नु होला । जान्नु र बुझ्नु भएन भने, जान्ने र बुझ्नेलाई सोध्नु होला सानो मात्र तपाईको गलत निर्णयले भबिस्यलाई अन्धकारतिर नधकाल्नु होला । 查看全部
    DEPORTATION.jpeg

    अबैध क्रियाकलापको बारे हाल विभिन्न भिषामा बढ्दो नेपालीहरुको आगमन संगै जापानमा अबैध क्रियाकलाप पनि बढ्दो छ । 
    यसै क्रममा अहिले टोक्यो क्षेत्र वरिपरि विभिन्न किसिमले अबैध रुपमा काम गरिरहनुभएकाहरुलाई निक्कैनै कडाईका साथ चेकिङ्ग भइरहेको जानकारी पनि गराउन चाहन्छौ ।
    viber_image.jpg

    भिषा एक, काम अर्कै, हुनेलाई त सिधै,बिना कुनै प्रश्न डिपोर्ट नै गरि नेपाल पुर्याइएको कुरा पनि जानकारी गराउदछौ । एक सूचना माध्यमका अनुसार हामीले दुरुस्तै साभार गरेका छौ,जुन यस प्रकार रहेको छ ।
     
     "आज मेरो र उसको संगै शिफ्ट परेको थियो, साथी किन काममा आएन भनेर जापानिज तेनच्योले सोध,भनेर सोध्दा भाईबरमा सम्पर्क गर्रे, सिधै नेपालबाट पो बोल्छ !!! ओइ किनतनी अचानक नेपाल,बिहेको लागि हो? भनेर जिस्केर भन्दा रुन्चे आवाजमा मेरो त यस्तै भयो साथी,काम सक्काएर ड्रेस फेरेर रेस्टुरेन्ट बाहिर मात्र के निस्केको थिए झ्याप्पै पुलिसले अगाडी आयो,सोधपुछ गर्दा अबैध देखियो र सिधै समातेर तैले अबैध काम गरिस भनेर समातेर लग्यो,कोहि कसैलाई पनि सम्पर्कनै गर्न नपाई डिपोट गरिदियो यार " भने ।

    त्यसैले हामीले यो पेज मार्फत जति पनि हाम्रो पेजको युजर र पेजलाई  माया गरिदिनुहुने सम्पूर्ण महानुभाबहरुलाई  हृदय देखिने यो बिन्ति गर्छौ कि आफ़्नो भिषाको प्रकार के छ,र के सम्म मात्र गर्न मिल्छ भनेर राम्रो संग सोच्नु र बुझ्नु होला । जान्नु र बुझ्नु भएन भने, जान्ने र बुझ्नेलाई सोध्नु होला सानो मात्र तपाईको गलत निर्णयले भबिस्यलाई अन्धकारतिर नधकाल्नु होला ।

    Tribhuvan-International-Airport-International-Terminal.jpeg

    जापान बारे केहि रमाइलो तथ्य जानी राखौ ......PART 1

    Useful Info.sarojmaharjan Published the article • 0 comments • 1499 views • 2017-05-26 11:43 • 来自相关话题

    1. घोडाको काँचो मासु निकै प्रख्यात मानिन्छ । 

    2. कहिलेकाही ट्रेनमा यति भिंड हुन्छ कि, प्यासेनजर लाई भित्र ठेल्नको लागी रेलवे स्टाफ रखिएको हुन्छ।

    3. प्राय जस्तो जापानी जोडीहरु च्रिसमस (Christmas) को दिन लाई भ्यालेंनटाइन डे(प्रेम दिवस) को रुपमा जस्तै मनाउने गर्दछन्

    4. असुद्ध अंग्रेजी भाषाको प्रयोग जतात्यतै जानीनजानी भएको पाइन्छ, जस्लाई बिदेशीहरूले खिल्ली भन्दा पनि कोशिष भनेर बुज्ने गर्रछम । जस्तै:
    T-shirts, Menu, Poster र अरु फ्याशन सामग्रीहरुमा ।

    5. जापानको झन्डै 70% भूभागहरु पहाडी पखरा र हिमालले भरिएको छ, जसमा 200 वटा ज्वालामुखीको पहाडहरु छन्।

    6.  फुजी हिमाल (Mt. Fuji) जापानको सबै भन्दा ठुलो हिमाल हो । जस्लाई जापानमा फुजी सान को रुपमा चिनिन्छ , यसको उचाइ। 
       3776   मिटर रहेको छ। र यो फुजी हिमाल एउटा यस्तो हिमाल हो जुन ज्वालामुखी बाट बनेको हो र यो हिमाल अझै पनि सक्रिय छ
       भन्ने बैज्ञानिकहरुको मान्यता रहेको छ। जस्को मतलब यो जुनसुकै बेला पनि फेरी बिस्फोट हुनसक्छ।

    7. जापानमा बुद्ध धर्मावलीको बाहुल्यता बढी भएता पनि यहाँ धर्म प्रति खासै चासो वा भेदभाव राख्दैनन्, यहाँ च्रिसमस (Christmas) ,हलोविन (Halloween) जस्ता पास्च्यात्य पर्वहरु पनि उतिकै उत्साहको साथ मनाउने गरेको पाइन्छ ।

    8. यहाँ यस्तो फलफुल पनि पाइन्छ जसको औसत मूल्य एउटा फलको मात्र $ 300 सम्म पनि पर्न जान्छ। जुनकुराको
       ब्रिस्तित जानकारी हामीले पहिलेको हाम्रो लेखमा पनि उल्लेख गरेका थियौं । 
      फेरी हेर्न चाहनुहुन्छ भने यो लिंकमा क्लिक गर्नु होला http://npinjp.com/article/13

    9. जापानमा 4 किसिमका लेखन शैली भेट्न सकिन्छ। ती हुन : हिरागाना, काताकाना, खान्जी र रोमाजी ।

    10. जापान मा कफी एकदमै लोकप्रिय मानिन्छ । जापानले ज्यामाइका भन्ने देशको बार्षिक औसत 85 प्रतिसत कफी आयात (भित्र्याउने) गर्छ

    11. जापानको साक्षरता दर झन्डै 100% छ, भन्नुको मतलब जापानी नगारिकहरु लगभग सबै सिक्क्षित नै छन् ।

    12. जापानमा बेसबल (BaseBall) निकै खेलिने खेल र प्रख्यात भएता पनि जापानको राष्ट्रिय खेल भनेको सुमो (Sumo Wrestling) हो ।

    13. जापानमा सार्बजनिक स्थल र धेरै जस्तो ट्रेन स्टेशनहरुमा अत्याधुनिक टोइलेटहरु को प्रयोग गरिएको पाइन्छ र जापान सरकारले
       आउदो Olympic लाई ध्यानमा राखेर यसलाई अझ बिस्तार गर्ने सोचले बजेट निर्धारण गरेको छ । र आजकल प्राय सामान्य ब्यक्ति
      हरूको घरमा पनि यस्को प्रयोग बढ्दो रुपमा छ  ।

    14. धेरैलाई थाहा भएको कुरा हुनसक्छ कि जापान यस्तो देश हो, जहाँ प्रति व्यक्तिको हिसाबले भेनडिंग मेसिन (Vending Machine) को संख्या संसारकै सबै भन्दा बढी छ। यहाँ झन्डै 5.52 million ( 55,20,000) वटा भेनडिंग मेसिन छन् जसलाई जापानीहरुको कुल संख्यामा विभाजन गर्ने हो भने, लाग्छ 23 जना जापानीहरु बराबर एकवटा भेनडिंग मेसिन बनेको छ । र यहाँ विभिन्न प्रकारका भेनडिंग मेसिन छन् । जस्तै : बियर, चूरोट, तातो चिसो पिय पदार्थ, भिभिन्न प्रकारका ब्रेड,बिस्केट, चकलेट, केरा, आइसक्रिम, कमिक्स, किताबहरु, पत्रिकाहरु, तयारि रामेन,उदोन, खेलौना ,ओरग्यामी आदि । उमेरकाआधारमा बंदेज लगाइएका सामानहरू किन्नु परेमा बिशेष कार्डको प्रयोग गर्नु पर्ने हुन्छ। जस्तै: चुरोट, बियर आदि जुनकुराहरु 20 बर्ष मुनिकोहरुले किन्न बंदेज गरिएको छ ।

      查看全部

    12.-Horsemeat_.jpg

    2. कहिलेकाही ट्रेनमा यति भिंड हुन्छ कि, प्यासेनजर लाई भित्र ठेल्नको लागी रेलवे स्टाफ रखिएको हुन्छ।
    train.jpg

    3. प्राय जस्तो जापानी जोडीहरु च्रिसमस (Christmas) को दिन लाई भ्यालेंनटाइन डे(प्रेम दिवस) को रुपमा जस्तै मनाउने गर्दछन्
    christmas.jpg

    4. असुद्ध अंग्रेजी भाषाको प्रयोग जतात्यतै जानीनजानी भएको पाइन्छ, जस्लाई बिदेशीहरूले खिल्ली भन्दा पनि कोशिष भनेर बुज्ने गर्रछम । जस्तै:
    T-shirts, Menu, Poster र अरु फ्याशन सामग्रीहरुमा ।
    japan2.jpg

    5. जापानको झन्डै 70% भूभागहरु पहाडी पखरा र हिमालले भरिएको छ, जसमा 200 वटा ज्वालामुखीको पहाडहरु छन्।
    sakurajima-volcano-japan.jpg

    6.  फुजी हिमाल (Mt. Fuji) जापानको सबै भन्दा ठुलो हिमाल हो । जस्लाई जापानमा फुजी सान को रुपमा चिनिन्छ , यसको उचाइ। 
       3776   मिटर रहेको छ। र यो फुजी हिमाल एउटा यस्तो हिमाल हो जुन ज्वालामुखी बाट बनेको हो र यो हिमाल अझै पनि सक्रिय छ
       भन्ने बैज्ञानिकहरुको मान्यता रहेको छ। जस्को मतलब यो जुनसुकै बेला पनि फेरी बिस्फोट हुनसक्छ।
    MtFuji.jpg

    7. जापानमा बुद्ध धर्मावलीको बाहुल्यता बढी भएता पनि यहाँ धर्म प्रति खासै चासो वा भेदभाव राख्दैनन्, यहाँ च्रिसमस (Christmas) ,हलोविन (Halloween) जस्ता पास्च्यात्य पर्वहरु पनि उतिकै उत्साहको साथ मनाउने गरेको पाइन्छ ।

    halloween.gif

    8. यहाँ यस्तो फलफुल पनि पाइन्छ जसको औसत मूल्य एउटा फलको मात्र $ 300 सम्म पनि पर्न जान्छ। जुनकुराको
       ब्रिस्तित जानकारी हामीले पहिलेको हाम्रो लेखमा पनि उल्लेख गरेका थियौं । 

      फेरी हेर्न चाहनुहुन्छ भने यो लिंकमा क्लिक गर्नु होला http://npinjp.com/article/13
    suica.jpg

    9. जापानमा 4 किसिमका लेखन शैली भेट्न सकिन्छ। ती हुन : हिरागाना, काताकाना, खान्जी र रोमाजी ।

    script.jpg

    romaji-what-is-it.png

    10. जापान मा कफी एकदमै लोकप्रिय मानिन्छ । जापानले ज्यामाइका भन्ने देशको बार्षिक औसत 85 प्रतिसत कफी आयात (भित्र्याउने) गर्छ
    coffee.jpg

    11. जापानको साक्षरता दर झन्डै 100% छ, भन्नुको मतलब जापानी नगारिकहरु लगभग सबै सिक्क्षित नै छन् ।
    graph_of_literacy_rate.jpg

    12. जापानमा बेसबल (BaseBall) निकै खेलिने खेल र प्रख्यात भएता पनि जापानको राष्ट्रिय खेल भनेको सुमो (Sumo Wrestling) हो ।

    baseball.jpg

    sumo.jpg

    13. जापानमा सार्बजनिक स्थल र धेरै जस्तो ट्रेन स्टेशनहरुमा अत्याधुनिक टोइलेटहरु को प्रयोग गरिएको पाइन्छ र जापान सरकारले
       आउदो Olympic लाई ध्यानमा राखेर यसलाई अझ बिस्तार गर्ने सोचले बजेट निर्धारण गरेको छ । र आजकल प्राय सामान्य ब्यक्ति
      हरूको घरमा पनि यस्को प्रयोग बढ्दो रुपमा छ  ।

    hightechtoilet.jpg

    tt.png

    tt1.jpg

    14. धेरैलाई थाहा भएको कुरा हुनसक्छ कि जापान यस्तो देश हो, जहाँ प्रति व्यक्तिको हिसाबले भेनडिंग मेसिन (Vending Machine) को संख्या संसारकै सबै भन्दा बढी छ। यहाँ झन्डै 5.52 million ( 55,20,000) वटा भेनडिंग मेसिन छन् जसलाई जापानीहरुको कुल संख्यामा विभाजन गर्ने हो भने, लाग्छ 23 जना जापानीहरु बराबर एकवटा भेनडिंग मेसिन बनेको छ । र यहाँ विभिन्न प्रकारका भेनडिंग मेसिन छन् । जस्तै : बियर, चूरोट, तातो चिसो पिय पदार्थ, भिभिन्न प्रकारका ब्रेड,बिस्केट, चकलेट, केरा, आइसक्रिम, कमिक्स, किताबहरु, पत्रिकाहरु, तयारि रामेन,उदोन, खेलौना ,ओरग्यामी आदि । उमेरकाआधारमा बंदेज लगाइएका सामानहरू किन्नु परेमा बिशेष कार्डको प्रयोग गर्नु पर्ने हुन्छ। जस्तै: चुरोट, बियर आदि जुनकुराहरु 20 बर्ष मुनिकोहरुले किन्न बंदेज गरिएको छ ।
    p_vending_machine_013_l.jpg

    जापानमा नेपालीहरुको लापरबाही बढ्दो!!!

    Useful Info.sheezen Published the article • 0 comments • 5474 views • 2017-05-16 17:25 • 来自相关话题

     "माए मोत्ते रेनराकु कुदासाई" अर्थात् नेपालीमा भन्नु पर्दा पछि यो होला भनेर अगाडी नै खबर गर्नु होला भन्ने हो। पछिलो समय जापानमा यो प्रसङ्ग धेरै मात्रमा भेटिएका हुनाले, हामी यो पोस्ट मार्फत यो शब्दलाई अलिक बृहत रुपमा लेख्न गइरहेका छौ। हामी नेपालीहरुमा सानै देखिनै जे गरेनी हुन्छ भन्ने मानसिक सोचाइ भएको हुनाले कतिपय कुराहरुलाई जानी या नजानी लापरबाही गरिराखेका हुन्छौ। जुन पनि कुरालाई सहज ढंगमा लिने गर्दछौ। समयको महत्व खासै राख्दैनौ पनि,तोकिएको समय भन्दा ढिला हुने र म ढिला हुन्छु भन्ने खबर पनि हुदैन कतिपयमा। लगभग आजभोलि भन्नुपर्दा त एक नेपाली हुनुमा हाम्रो यही पहिचान बनिसकेको अवस्थानै हो। के हामी नेपाली हुनु भनेको यिनै खालका पहिचानहरु मात्र हो र??? 

    हुदा हुदा यही कुरा पछिलो समय,जापानमा पनि यो प्रसङ्ग धेरै मात्रमा भेटिएका हुनाले हामीमा नेपाली हौ भन्ने कुरामा पनि धेरै प्रश्नहरु उठ्न थालेका छन्। "आजभोलिका नेपालीहरु के भाका हुन्! पहिलापहिला त यस्तो हुन्नथ्योनी, नेपाली भनेपछि सिधै काममा बोलाइन्थ्यो, नेपालीहरु कामप्रति पनि इमान्दार हुने र जुन काम आफुले गरेको छ त्यो लगातार रुपले नै गरिराखेको हुन्थ्यो" आदि .....कुराहरु प्राय जापानिजहरुले आजभोलि भन्ने गरेको पाईएको छ।
     
    पहिले काम खोजिदिनु न भन्ने,अनि कामको बारेमा नी के काम,कस्तो काम,कति घण्टा, सुबिधा के कति ....,आदि चाहिने भन्दा पनि बढी प्रश्न गर्ने र बल्लतल्ल आफुले भनेको जस्तै काम हो यो भनि, अन्तर्बाताको लागि समय मिलाइदिनुन भनि अनुरोध गरिन्छ ।अन्तर्वाताको बातावरण मिलाइदियो, समय आउने दिनमा त मान्छे गायब हुने, अर्थात् न कुनै खबर छ,न कुनै जानकारीनै छ। सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन गार्हो हुनेहुदा, पहिले नै सोचविचार पुर्याएर मात्र निर्णय गर्नु हुन अनुरोध गर्दछौ। र अर्को अतिनै महत्वपुर्ण कुरा के हो भने जुन चिजलाई हामी लापरबाही गर्छौनी त्येही कुरा हाम्रो नराम्रो बानीमा परिणत हुनेछ ।

    हामीले यही बिचमा केहि अध्ययन गर्दा धेरै जसोको लापरबाही नै देखियो। काम छान्ने बानी परेको देखियो र आफु त त्यस्तो भयो भयो, आफ्नो संगतको साथीभाईहरुलाई पनि यस्तै हो भन्ने पनि बढी भेटियो। एक सम्पर्क नहुदा खेरि, त्यसको असर तपाईहरुमा त नहोला,तर जहाँ काम चाहिने भन्ने ठाउमाभने चाही  हामी नेपालीहरुको इज्जतको सवाल हुने हुदा र पछि आउने आफूभन्दा पछिल्ला लटका सम्पूर्ण नेपालीहरुमा ठुलो असर पर्ने हुनाले  हामी “माए मोत्ते रेनराकु कुदासाई” अर्थात् नेपालीमा भन्नु पर्दा अगाडी नै खबर गर्नु होला भन्ने कुरालाई आआफुमा लागु गर्नु होला भन्न चाहन्छौ ।एक स्वाभिमानी नेपाली हु भन्ने पहिचान आफैबाट बनाओ ।

      查看全部
    images.jpg

    nepali_pahichan.jpg

    नेपालमा जापानको Iphone अथवा Android फोन R -Sim (chip ) रहित सजिलो संग चलाउन परेमा:

    Repair and Maintainance[Has been canceled] Published the article • 0 comments • 7064 views • 2017-05-10 11:14 • 来自相关话题

    जापान बाट नेपालमा परिवार अथवा आफन्तलाइ फोन पठाउदै हुनुहुन्छ ?
    आशा छ यो लेखले तपाईहरुलाई पक्कै पनि सहायोग पुग्छ होला .........

    नेपालमा जापानको Iphone अथवा Android फोन R -Sim (chip ) रहित सजिलो संग चलाउन परेमा:

    पहिले त सिम लक् र सिम फ्री भन्ने के हो बुझम:
    सिम लक् फोन भन्नाले तपाई अहिले आबद्ध रहनु भएको कम्पनी जस्तै : AU ,Softbank ,Docomo (Carrier ) अथवा अरु कुनै पनि हुनसक्छ ।
    यहाँहरुले फोनलिनु हुदा यो कम्पनीहरुले आफ्नो कम्पनी को सिम कार्ड बाहेक अरुको कम्पनीको सिम कार्ड चलाउन नमिल्ने गरि तपाइको
    फोन: iphone अथवा Android फोन ,लक् गरिएको हुन्छ । हो यसलाई नै सिम लक् (Carrier Lock )फोन भनिन्छ ।

    हजुर सिम लक् (Carrier Locked ) भनिएजस्तै सिम फ्री (Sim Free /Carrier Unlocked )फोन ठ्याक्कै उल्टो कुरा हो ।
    भन्नाले तपाइले सिम फ्री फोनमा जुनसुकै कम्पनीको सिम कार्ड वा जुनसुकै देशमा पनि सजिलै चलाउन सकिन्छ ।
    हुनत नेपालमा विदेश बाट लागिएको फोनहरु   R -Sim (बिशेष खालको चिप ) राखेर चलाउने गरिन्छ ।
    तर यी चिप हरु प्रयोग गरिएको फोनहरुमा विभिन्न प्रतिबन्ध तथा अप्ठ्यारोहरु हुने गर्दछ । 

     प्रतिबन्ध तथा अप्ठ्यारोहरु:
    १. छुटै चिप किन्नु पर्ने हुन्छ ।
    २ . सिमकार्ड फेर्नु परेमा निकै झन्झटिलो हुनेछ , यसकारण कि सिम राख्ने निकाल्ने गर्दा चिप च्यातिने वा भाचिने हुन्छ ।
         सबै भन्दा ठुलो समस्या त त्यति खेर पर्छ जुन बेला एकचोटी निकालेको चिपले काम नै नगर्ने हुन्छ  ।
    ३.  चिप खर्चालु हुन्छ । यसकारण कि यी चिपहरु हरेक फोनको Update संग काम नलाग्ने पनि हुनसक्छ ।
    ४. कहिले कहिँ फोनको सफ्टवेर अपडेट गर्दा फोन नै बिग्रिने समस्या आउनसक्छ ।
    ५. फोन कम्पनीहरुले आफ्नो फोनमा हरेक चोटी नया नया सफ्टवेर अपडेट र फिचरहरु थप्दै गएको हुन्छ । 
       जसमा कुनै अपडेटहरु निकै महत्वोपूर्ण पनि हुने गर्दछन । त्यस्तो अवस्थामा पुरानो चिप फेर्नु पर्ने अवस्था हुन्छ र अर्को कुरा हरेक ठुलो अपडेट संगै 
      यस्तो चिपहरु बजारमा आउन केहि समय पक्कै लाग्ने छ । त्यसैले चिप वाला फोनले समय समयमा निकै समस्या निम्ताउने गरेको पनि पाइन्छ । 

    सिम फ्री का फाइदाहरु :
    १. तपाइले संसारको जुनसुकै देशको सिम कार्ड सजिलै संग चलाउन सक्नु हुन्छ । जस्तै तपाई भ्रमणको क्रममा जापान बाहिर जानु परेमा अथवा बिदामा नेपाल पुग्नुभयो भने पनि सजिलै संग नेपालको सिम चलाउन सक्नु हुनेछ 
    २. तपाइले यस्तो फोन नेपाल पठाउदा, नेपालमा सिधै नेपालको सिम चलाउन सक्नुहुनेछ ।
    ३. येदि तपाइले जापानमा अथवा नेपालमै पनि सिम फ्री फोन बेच्न खोज्नु भएमा यसको रिसेल  मूल्य (Re-sale Value ) बढी हुन्छ ।
       जस्तै : सिम लक् IPHONE 6s को Resale मूल्य ¥30000 छ भने ,तेही  सिम फ्री IPHONE 6s को मूल्य ¥ 45,000 येन माथि पर्न जान्छ।
    ४. तपाइको फोन कम्पनी जस्तै Apple को Iphone र Android को विभिन्न फोन कम्पनीहरुले पठाएको अपडेटहरु सजिलै संग गर्न सकिनेछ ।येस्तै धेरै फाइदाहरु छन् ।
    ५. सिम फ्री (Sim Free)​ फोन भएको खण्डमा जापानमै पनि अन्य कम्पनिको सर्बिस सजिलै संग लिन सक्नु हुनेछ जस्तै :
       LINE MOBILE (जसमा: LINE कम्पनीले 1GB इन्टरनेट डाटा प्याक, फोन ,अनलिमिटेड LINE र FACEBOOK लागी डाटा प्याक पाउन सक्नु हुनेछ ,  न्युनतम मूल्य ¥ 500 प्रति महिनामा )

    सिम फ्री कसरि गर्ने सकिन्छ :
    तपाइको सर्बिस दिने कम्पनी (Sim Carrier Company ) Au ,Softbank ,Docomo लगायतका पसलमा गएर सिम फ्री गर्न चाहन्छु (सिम रोकु खाइज्ज्योउ सिताइ देस ) भन्नु भयो भने तुरुन्तै सिम फ्री गरिदिन्छ ।
     त्यसको  लागि तपाइले ¥ ३,२४० तिर्नु पर्ने हुन्छ ,जुन धेरै नै सस्तो मूल्य हो ।यसकारण कि तपाइले नेपाल मा चिप किनेर चलाउनु हुन्छ भने रु. 1500 देखि रु. 2000 सम्म पर्न जान्छ, जुन चिप तपाईको iphone/ Android 
    फोन कम्पनिले पठाउने हरेक सिस्टम अपडेट संगै काम नलाग्ने हुन सक्छ  र अन्य अप्ठ्यारो हरु माथि लै उल्लेख गरिसकेका छम। 
    येदि तपाइले जापानको मोबाइल बनाउने पसलमा अथवा नेपालमै पनि सिम फ्री गर्न खोज्नु भयो भने ¥15,000 देखि ¥20,000 सम्म पर्न जान्छ। 

    सिम फ्री बनाउनको लागि शर्तहरु लागु हुनसक्छ :
    १. आजकाल iphone को हकमा iphone 6s र iphone 6s पछाडि आएका फोनहरु मात्र सिम फ्री (Sim Free) गर्न मिल्ने छ ।
    २ . तपाई आफु आबद्ध रहनु भएको कम्पनीको मासिक शुल्क तिरिराख्नु भएको खण्डमा।
    ३ . तपाइले चलाईराख्नु भएको फोन ६ अथवा ६ महिना भन्दा बढी भएको खण्डमा ।
    ४ . तपाइले तपाइको फोन  कुनै पनि jailbreak वा Root नगर्नु भएको खण्डमा ।
    ५ . सम्बन्धित व्यक्तिको फोन सम्बन्धित व्यक्तिको उपस्थितिमा मात्र अनलक गर्न सकिने छ । 
        किनभने यसको लागि हरेक फोनमा हुने IMEI code सम्बन्धित व्यक्तिको नाममा रेजिस्टर भएको हुन्छ ।
    ६ . तपाईले बाहिर अथवा सेकेन्ड ह्याण्ड किन्नु भएको फोन यो प्रकृया बाट अनलक गर्न सक्नुहुने छैन ।    
    सिम फ्री सजिलै संग गर्न सक्नु हुनेछ । यसको लागि तपाइले २ वर्षको करार (contract )अबधि कुर्नु पर्ने छैन।
     
    नोट  : नेपालमा अथवा अन्य मुलुक जादा जापानको सिमकार्ड झिकेर सुरक्क्षित् तरिकाले राख्नुहोला नत्र जापान फर्केर आउनुहुदा तपाइको फोनको बिल,  तपाइको प्लेन टिकेट भन्दा महँगो पर्न जानेछ 

    आशा छ यो लेखले तपाईहरुलाई पक्कै पनि सहायोग पुग्योहोला भन्ने आशा गर्दछौं । धन्यवाद !! 查看全部
    simfree.jpg

    आशा छ यो लेखले तपाईहरुलाई पक्कै पनि सहायोग पुग्योहोला भन्ने आशा गर्दछौं । धन्यवाद !!
    docomo-au-softbank-plan-200x200.png

    कामको प्रकार: मीट प्याकिंग !! खावागोए,साईतामा !! Meat Packing !! (Kawagoe, Saitama) !!

    Job in Saitama-ken[Has been canceled] Published the article • 0 comments • 1744 views • 2017-05-09 10:23 • 来自相关话题

    पुरुषहरूको लागी मात्र ।
    कामको प्रकार: मीट प्याकिंग 
    काम गर्न मिल्ने भिषा: डिपेनडेण्ट ,पर्मानेण्ट, रिफ़्यूजी(वर्क परमिट हनुपर्ने)
     
    स्टेशन : खावागोए स्टेशन (साईतामा) !!!
    खावागोए बाट कम्पनीको बस ले पिकप गर्ने।

    ट्रेन भाड़ा : आफैले बेहोर्नु पर्ने।

    प्रति घण्टा: ¥900- ¥950। (ओवरटाइम पनि गर्न सकिने --1057 yen/hr)
    काम गर्ने समय : 8:00 am देखि 5pm
    काम हुने दिन : सोमबार देखि शुक्रबार सम्म मात्र । (हप्ताको कम्तिमा दुइ दिन कम गर्न सक्ने हुनु पर्ने )

    सम्पर्क : 080 3944 2571 (गणेश)  // 090 6658 9841 (बिश्व )
            : (सोमबार देखि शुक्रबार सम्म ---10:00 देखि 6:00 बजे सम्म)
            : कृपया यहाँ उल्लेखित समयमा मात्र फोन गरिदिनु होला
            : फोन नउठेमा मेसेज गरिदिनु होला

    ---------------------------------------------------
    Meat Packing!! Easy Job !!

    Only for Male !!
    Working Time: 8 am to 5pm 
     
    Working Days: Monday to Friday only. (Should able to work atleast two days a week).
     
    Workable Visa Type : Dependent,Permanent, Refugee (should have work permit).

    Station: Kawagoe Station (Saitama) !!
              : Company bus will pick up from the Station !!

    Transportation Fare: Not provided.
    Hourly Wage: ¥900 - ¥950 yen ( For Overtime work per hour 1057 yen).

    Contact: 080 3944 2571 (Ganesh) //  090 6658 9841 (Biswo)
    Contact Day and time : Monday to Friday (10am to 6pm).
                                   : Please you can leave a message, incase if the phone is not received. 查看全部
    meat_packing.jpg

                                   : Please you can leave a message, incase if the phone is not received.

    स्यूसोकु गर्न खोज्नु भएको साथीहरुको लागि !!क्योतो !! Free Working Visa in Kyoto !!

    Job in Osaka/Kyoto/Nara[Has been canceled] Published the article • 1 comments • 3417 views • 2017-05-05 12:03 • 来自相关话题

    स्यूसोकुको खोजीमा रहनु भएको साथीहरुले सम्पर्क गर्नु होला । 
     
    यी कुराहरू भएमा Apply गर्न सक्नुहुने छ:
    जापानिज भासा राम्रो संग बोल्न र बुज्न सक्ने भएको साथसाथै 
             गएको (April /4月)  मा सेनमोन/दाईगाकु सोचुग्योउ गर्नु भएको  र (特定 )टोकुतेइ खाचुदो भिषा लिएर बस्नु भएको खण्डमा ।
        अथवा,
        2. जापानिज भासा राम्रो संग बोल्न र बुज्न सक्ने भएको साथसाथै ,नेपाल बाट bachelor गर्नु भएको खण्डमा।
        अथवा,
        3. खाईस्या चेन्ज गर्ने सोचमा हुनु भएको(転職 तेनस्योकु ) खण्डमा यो कामको लागी तपाई उपयुक्त हुनुहुन्छ ।
         
    तलब :- ¥2,00,000 
    यातायात खर्च : कम्पनीले बहोर्ने।
    ट्रेननिंग समय :- 3 देखि 6 महिना सम्म हुन सक्ने।
    कामको प्रकार  :- Human Resource Management 
                     :- साईट(現場) को लीडर भएर काम गर्ने।

    सम्पर्क  :- 080-9860-9963 (Raj) 
    सम्पर्क समय : 9:00 to 18:00
      查看全部
    food.jpg

    स्यूसोकुको खोजीमा रहनु भएको साथीहरुले सम्पर्क गर्नु होला । 
     
    यी कुराहरू भएमा Apply गर्न सक्नुहुने छ:
    1. जापानिज भासा राम्रो संग बोल्न र बुज्न सक्ने भएको साथसाथै 

             गएको (April /4月)  मा सेनमोन/दाईगाकु सोचुग्योउ गर्नु भएको  र (特定 )टोकुतेइ खाचुदो भिषा लिएर बस्नु भएको खण्डमा ।
        अथवा,
        2. जापानिज भासा राम्रो संग बोल्न र बुज्न सक्ने भएको साथसाथै ,नेपाल बाट bachelor गर्नु भएको खण्डमा।
        अथवा,
        3. खाईस्या चेन्ज गर्ने सोचमा हुनु भएको(転職 तेनस्योकु ) खण्डमा यो कामको लागी तपाई उपयुक्त हुनुहुन्छ ।
         
    तलब :- ¥2,00,000 
    यातायात खर्च : कम्पनीले बहोर्ने।
    ट्रेननिंग समय :- 3 देखि 6 महिना सम्म हुन सक्ने।
    कामको प्रकार  :- Human Resource Management 
                     :- साईट(現場) को लीडर भएर काम गर्ने।

    सम्पर्क  :- 080-9860-9963 (Raj) 
    सम्पर्क समय : 9:00 to 18:00
     
    जापानद्धारा क्षेप्यास्त्र खसेमा सुरक्षित रहने उपायबारे सूचना जारि (विस्तृतमा, सक्दो सेयर गरौं) गोकर्ण अधिकारी-टोकियो ।

    News Published the article • 0 comments • 14217 views • 2017-04-25 09:41 • 来自相关话题

    अमेरिकाले आक्रमण गरेमा उत्तर कोरियाले आणविक तथा व्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्न सक्ने आसयका खवरहरु बाहिरिरहँदा जापान सरकारले भने नागरिकहरुलाई त्यस्तो अवस्थामा सुरक्षित रहनेबारे सूचना जारि गरेको छ ।

    जापान सरकारले औपचारिक रुपमै त्यस्तो अवस्थामा घर भित्र तथा बाहिर रहँदा कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारेमा विस्तृत विवरण सहितको सार्वजनिक सूचना जारि गरेको हो ।
    जापान सरकार, नागरिक सुरक्षा विभागको वेवसाइटमा सर्वसाधरणको सुरक्षाका लागि ब्यालेस्टिक मिसाइल खसेमा वा खस्दै गरेको खवस्थामा सुरक्षित रहन सक्ने उपायबारे यस्तो सूचना जारि गरेको पाइएको छ ।

    व्यालेस्टिक क्षेप्यास्त्र एकदमै छोटो समयमा जमिनमा बजारिन्छ खस्छ । त्यो मिसाइल जापानमै र तपाई नजिक खस्ने अवस्था छ भने निम्न सूचनाहरु जारी हुन सक्छ/हुन्छ

    सचेत गराउने, साईरन बजाएर जानकारी दिने, रेडियो तथा विभिन्न माध्यम जस्तै मोबाइलमा सन्देश पठाएर, रेडियो मार्फत आपतकालिन सन्देश प्रशारण गरेर जतिसक्दो छिटो सबैमाझ सूचना पुर्याइनेछ । तथापि सूचना लगत्तै वा त्यसअगावै सूचना पाएको वा पाउनुअघिनै घटना भएमा निम्न उपाय अपनाएर सुरक्षित रहने प्रयास गर्नुहोला । 
     
    १. घर बाहिर भएको अवस्थामा

    नाक मुख रुमालले बन्द गरेर सकेसम्म बलियो भवन तथा जमिन मुनी भाग्नुहोस् । ठूला भवनका अण्डरग्राउण्ड भएको ठाउँमा छिर्नुहोस् । जसले गर्दा व्यालेस्टिक मिसाइलहरु तपाई भएको ठाउँमा वा नजिकै खसेमा जमिनमुनि असर कम पर्ने सम्भावना रहन्छ ।

    व्यालेस्टक मिसाइल खस्दै गरेको देखेमा वा सूचना पाइहालेमा जतिसक्दो धेरै व्यक्तिमा त्यो सन्देश प्रवाह गर्नुहोस् । जसले गर्दा धेरैभन्दा धेरै व्यक्ति सुरक्षित रहन सक्छन् र क्षति कम हुने सम्भावना रहन्छ ।

    २. भवन नभएको खुल्ला ठाउँमा भएको अवस्थामा

    यति नजिकै कुनै भवन छ भने आड लागेर सुरक्षित हुन जाने प्रयास गर्नुहोस् । वा नजिकै कुनै बस्तु भएमा आड लागेर शरिर लुकाउने वा जमिनमा घोप्टो परेर सकभर अनुहार तथा टाउको जोगाउने प्रयास गर्नुहोस् ।
     
    ३. घर भवनभित्र हुनुहुन्छ भने            
    झ्याल नजिक नबस्नुहोला । जतिसक्दो छिटो झ्याल नभएको कोठामा जानुहोस् ।
    झ्याल ढोका खुल्ला छन् भने बन्द गरिहाल्नुहोस् ।
    एसी तथा पंखा बन्द गर्नुहोस् । जसले गर्दा व्यालेस्टिक मिसाइल वा आणविक रकेट खसेको खण्डमा त्यसको ग्यासँको गन्ध असर कोठामा छिर्न नपाओस् ।
     
    आँखालाई सुरक्षित राख्न पट्टि बाँधेर बस्नुहोस् । पानी भएमा रुमाल भिजाएर आँखा र मुख ढाक्नुहोस् । कपडाले छोपेर मात्र सास लिनुहोस् । तत्काल पानी बोतलमा हालेर राख्नुहोस् । मिसाइल खसेकै हो भन्नै पक्का भएमा खुल्ला आँखाले सकभर नहेर्नुहोस् । भेन्टिलेटर खुल्ला भएमा बन्द गर्नुहोस् बाहिरि अवस्था हेर्न र सहयोग माग्नुअघि सिसाको झ्यालबाट नियाल्नुहोस् ।

    सहयोग माग्दा सेतो कपडा हातले उठाएर माग्नुहोस् ।
    उत्तर कोरियाले आफुमाथि अमेरिकाले युद्धपोत पठाएर युद्धको लागि जिस्काएको भन्दै युद्धको लागि तयार रहेको र युद्धपोत फिर्ता नलगिए आक्रमणको सामना गर्न तयार रहन भनिरहेकै बेला जापानी प्रधानमन्त्रीको कार्यालयबाटै यस्तो सूचना जारी भएको हो । 

    जापानी प्रधानमन्त्री सिन्जो आवेको आधिकारीक डिजास्टर क्राइसिस म्यानेजमेन्ट इन्फरमेसनबाट जारी गरिएको यो सूचना सक्दो सेयर गरेर सबैमा जानकारी गरिदिन अनुरोध समेत गरिएको छ ।

      查看全部

    a.jpg

    0cedce3ecd9b3a75070db2b8042316421493042455.png

    516a72c0f5c0312cd66f732bc1449c571493042717.jpg

    ३. घर भवनभित्र हुनुहुन्छ भने            
    झ्याल नजिक नबस्नुहोला । जतिसक्दो छिटो झ्याल नभएको कोठामा जानुहोस् ।
    झ्याल ढोका खुल्ला छन् भने बन्द गरिहाल्नुहोस् ।
    एसी तथा पंखा बन्द गर्नुहोस् । जसले गर्दा व्यालेस्टिक मिसाइल वा आणविक रकेट खसेको खण्डमा त्यसको ग्यासँको गन्ध असर कोठामा छिर्न नपाओस् ।
     
    आँखालाई सुरक्षित राख्न पट्टि बाँधेर बस्नुहोस् । पानी भएमा रुमाल भिजाएर आँखा र मुख ढाक्नुहोस् । कपडाले छोपेर मात्र सास लिनुहोस् । तत्काल पानी बोतलमा हालेर राख्नुहोस् । मिसाइल खसेकै हो भन्नै पक्का भएमा खुल्ला आँखाले सकभर नहेर्नुहोस् । भेन्टिलेटर खुल्ला भएमा बन्द गर्नुहोस् बाहिरि अवस्था हेर्न र सहयोग माग्नुअघि सिसाको झ्यालबाट नियाल्नुहोस् ।

    सहयोग माग्दा सेतो कपडा हातले उठाएर माग्नुहोस् ।
    उत्तर कोरियाले आफुमाथि अमेरिकाले युद्धपोत पठाएर युद्धको लागि जिस्काएको भन्दै युद्धको लागि तयार रहेको र युद्धपोत फिर्ता नलगिए आक्रमणको सामना गर्न तयार रहन भनिरहेकै बेला जापानी प्रधानमन्त्रीको कार्यालयबाटै यस्तो सूचना जारी भएको हो । 

    36240b3f24b1618911b63d793ff7a48f1493043516.jpg

    जापानी प्रधानमन्त्री सिन्जो आवेको आधिकारीक डिजास्टर क्राइसिस म्यानेजमेन्ट इन्फरमेसनबाट जारी गरिएको यो सूचना सक्दो सेयर गरेर सबैमा जानकारी गरिदिन अनुरोध समेत गरिएको छ ।
    1d788d519520ae7b729df0d0d0e21b2c1493043694.jpg

    धेरै मात्रामा नियम पालना गर्ने जापानी हरू!!!

    Useful Info.[Has been canceled] Published the article • 0 comments • 2370 views • 2017-04-06 10:27 • 来自相关话题

    -सायद संसार मा कमै राष्ट्र होला जहाँ सामाजिक नियम तथा मर्यादाहरु पालना हदै सम्म पालना गरिन्छ। जापान एउटा येस्तो देशहो जहाँ नागरिक 
    जापानमा सामान्यता हरेक ठाउँमा विचार गर्नु पर्ने तथा पालना गर्नु पर्ने ठाउँहरु धेरै हुन्छ। आफै नै सचेत भएर नियेमहरूको पालना गर्छन। उनीहरू सामान्यता बिदेशीहरुले पालना नगरेपनि आफनो ठाउँ बाट गर्नुपर्ने कुरा/ पालना गर्नु पर्ने कुरा बाट पछि हट्दैनन्। 
    जस्तै कि : सानो बाटोको ट्राफिक लाइटमा रातो बत्ति बलेको छ तर गाडीहरु वरपर छैन भने बिदेशीहरु दगुरेर बाटो काट्ने गर्छन तर संगै उभिएको जापानिजहरु हरियो बत्ति नबलेसम्म कुरिराखछन् त्यो पनि संगै उभिएका  १०जना बिदेशी बीच १ जना जापानी नै किन नहोस।
     
    येदि सामान्यता याद गर्नु भएको छ भने एस्क्यालेटर (लिफ्ट) चड्दा मानिसहरु देब्रे साइड(ओसाका बाहेक, जहाँ दाहिने ) तिर च्यापेर चड्ने गर्छन, जस कारण हतारमा भएका मानिसहरु सजिलै संग हिड्न वा दगुर्न सक्छन । 

    जस्तै: सामान किन्ने बेलामा वा पैसा तिर्ने बेलामा ध्यान दिनु पर्ने केहि कुराहरु :

    १. लाइन लाग्दा:
      -  हरेक ठाउँ मा लिने बसेर पालो कुरेर सामान किन्नु पर्ने हुन्छ। लाइन बस्दा पनि अरुलाई अप्ठ्यारो नपर्ने तरिकाले लाइनको धर्रकोहरु कोरिदिएको हुन्छ।

    २. पहिले पैसा ठिक पार्ने:
        -   साधारण तर महत्वोपूर्ण कुरा, सामानको पैसा तिर्ने बेलामा ब्याग तिर वा पर्से तिर खुदुरा पैसा खोज्न थाल्दा समय लाग्ने हुदा लाईन बस्दै गर्दा पैसा खोज्ने गर्दा सबैलाई सजिलो हुने गर्दछ। किनभने जापानमा १००० येन भन्दा सानो पैसा सबै सिक्का हुने भएकोले चानचुन पैसा १ येन को पनि तेतिकै महत्वो हुने गर्दछ। त्यसैले आफुले खुद्रा पैसा खोज्न थाल्दा पछाडीको मान्छे र काउन्टरको मान्छेलाइ कुराइराख्नु पर्दा आफैलाई लज्जा महसुस भएको अनुभव पनि गरेको छु।

    ३. पैसा हातमा नभएर,पैसा राख्ने ट्रेयेमा(tray) दिने :
             पैसा हातमा दिने संसार नेपाल लगाएतका धेरै मुलुक मा हुनसक्छ तर जापानमा पैसा सिधै हातको साटो पैसा राख्ने ट्रेये मा राखेर दिने गरिन्छ,किनभने १००० येन भन्दा सानो रकम सबै सिक्का मा हुनेहुदा पैसा लिनदिन सजिलो तथा कुनै कारणबस हातमा छोइने तथा अन्य समस्याहरु नआइपरोस भन्ने हो। हुन त पैसा हातमै दिदा पनि रिसाउने वा नलिने भन्ने कुरा नहोला। धेरै चोटी आफुले पनि दिएको छु, उनीहरु मुस्कुराएर नै लिने गर्छन तर एकचोटी येस्तै क्रममा काउन्टर मा बस्ने मानिसले हत्केलाले इसारा गर्दै ट्रेयेमा राखिदिन अनुरोध गर्यो। यी भनेको एकदमै सानो तर विचार गर्नु पर्ने कुराहरु हुन् ।

    ४.पैसा फिर्ता पाउदा:
       फिर्ता पाउनु भएको पैसा फेरी गन्न थाल्नु भयो भने तपाइले काउन्टरमा बस्ने मान्छे प्रति विश्वास नगर्नु हो। बरु तेस्को साटो क्यासियेरले पैसा गन्दै गर्दा आफुले पनि ध्यान दिएर हेर्दा राम्रो मानिन्छ। ठुलो रकम ५००० येन अथवा १०००० येनको खुदुरा दिनेबेला उनीहरु निकै सजक भएर एकएक गर्दै तपाईको अगाडी गनेर फिर्ता गर्छन। 

       यी कुराहरु निक्कै साना तर याद गर्नु पर्ने कुराहरु हो। 

                           查看全部
    convenient.jpg